नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन्।

बाढी, पहिरो र डुबानलगायत प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको र कार्ययोजना बनाएर काम गर्न नसकेको भन्दै उनले राजीनामा माग गरेका हुन्।

सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद मैनालीले पछिल्लो एक महिनामा प्राकृतिक प्रकोपमा परी ६७ जना मानिसको मृत्यु भएको बताए।

कैयौं घाइते भएको भन्दै मैनालीले निःशुल्क स्वास्थ्य उपचारको माग गरे।