कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गर्न सिफारिस गरिएको छ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समिति बैठकले उनलाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

लामो समय निजामती सेवामा काम गरेका गुरागाईसँग लोकसेवा आयोगमा काम गरेको अनुभव छ। उनले दुई वर्षअघि सेवाबाट अवकाश लिएका थिए।सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी ब्यवस्था छ।

प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोग अध्यक्षको समयावधि ६ वर्षको हुन्छ। यसअघिका अध्यक्ष उत्तम भट्टराईले उमेरहदका कारण अवकाश लिएका थिए।