लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ अस्पताल भर्ना भएकी छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि चार दिनअघि चिरायु हस्पिटल भर्ना भएकी हुन्।
ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल जाँदा एकसाथ टन्सिल, छाती र ब्लडमा इन्फेक्सन, सुगर लगायतकाधेरै स्वास्थ्य समस्या देखिएको उनले बताइन्।
उनलाई आइसियूमा राखेर उपचार गराउने तयारी थियो। यद्यपि अहिले स्वास्थ्यमा सुधार आएपछि आइसियूमा जान नपरेको उनले जानकारी दिएकी छन्।
स्वास्थ्यमा सुधार आए पनि अस्पतालबाट डिस्चार्ज हुन भने अझै केही दिन लाग्ने बबिताले बताइन्। लाइभ दोहोरीमा चर्चित बबिताले ठमेलमा दोहोरी साँझ संचालन गर्दै आएकी छन्।




















