सुनसरीका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले प्राइड मन्थ २०२४ मनाएका छन्। राइट हेयर राइट नाउ र इटहरी उपमहानगरपालिकाको सहयोगमा मानव कल्याण समाज इटहरीले कार्यक्रमको आयोजना गरेको हो।
सन् १९६९ जुन २८ मा न्यूयोर्क शहरको गे बार स्टोन वाल इनमा प्रहरीले छापा मारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हिरासतमा लिएपछि उनिहरुको रिहाईका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनिहरुको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको मानव कल्याण समाज इटहरी प्रमुख देव नारायण चौधरीले जानकारी दिए। यस कार्यक्रमले यस समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध सँगै समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि पनि कार्यक्रम आयोजना गरिएको उनले बताए।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशि प्रदेशसभा सदस्य सपना परियारले क्वयेर समुदायको हक अधिकारलाई नेपालले संविधानमा नै मौलिक हकका रूपमा उल्लेख गरेको बताउदै यसलाई उपलब्धिको रूपमा लिनुपर्ने बताइन्। थप अधिकारका लागि सबै मिलेर संघर्ष गर्न पनि उनले आव्हान गरिन।
निल हिरा समाज कोशि प्रदेश अध्यक्ष मुस्कान श्रेष्ठद्वारा उद्घाटन गरिको याली मानव कल्याण समाज इटहरीको कार्यालयबाट सुरुभएर विराटनगर लाईन, इटहरी चौक, आइतबारे हुँदै कार्यक्रम स्थलमा आएर समापन भएको थियो। कार्यक्रममा क्वयेर समुदायका व्यक्तिहरूले फ्ल्याश मुबलगायतका विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए।