नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूलाई घेर्न गरेको कोसिसबारे जवाफ दिएका छन्।
शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल(जवाफका क्रममा ओलीले बालेन्द्रले गिरीबन्धुमा आफूलाई गर्न खोजेको घेराबन्दी झिंगाले भैंसीलाई लात्ती हाने जस्तै भएको टिप्पणी गरे।
‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो त्यसले थाहा पनि पाएको हुँदैन’, गिरीबन्धु प्रकरणमा आफूबारे बालेन्द्रले गरेको टिप्पणीलाई लिएर ओलीले भने, ‘यो त झिंगाले भैंसीलाई चार लात्ती हानेँ भनेर दंग परे जस्तै कुरा हो।’
ओलीले महानगरका मेयर बालेन्द्रतिर लक्षित गर्दै सबैले परिपक्व राजनीति गर्नुपर्ने बताएका छन्।