चीनको मानवरहित चाङ इ–६ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको छ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) ले उक्त यान बेइजिङ समयअनुसार आइतबार बिहान ६:२३ मिनेटमा दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण गरेको जनाएको छ। यो सँगै चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र बनेको छ।

यो एक अप्रत्याशित ठाउँ हो जहाँ कोही पनि जान प्रयास गरेका थिएनन्। मे ३ मा सुरु भएको यो अभियानले इतिहासमा पहिलो पटक यस क्षेत्रबाट बहुमूल्य चट्टान र माटो सङ्कलन गर्ने लक्ष्य राखेको छ।

यसअघि सन् २०१९ मा चीनले आफ्नो चाङ्इ–४ यान चन्द्रमामा अवतरण गराएको थियो।