मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो। गम्भीर बिरामी एकजनाको उपचार जारी छ।

शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका ।छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो।

शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो। अर्का बिरामी देवराज बुढालाई पनि स्वास्थ्य चौकीबाट गमगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।