रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ हरियाली पार्कस्थित तिनाउ खोलामा डुबेर शनिबार एक किशोरको मृत्यु भएको छ।

साथीहरुसँग नुहाउन भनेर गएका तिलोत्तमा–५ नयाँमिल बस्ने नारायण भुषालका छोरा १७ वर्षीय दिब्याम्सको खोलामा डुबेर मृत्यु भएको हो।

नुहाउन दुई जना साथीसँग भुषाल बिहान साढे ८ बजेतिर तिनाउ खोलामा गएका थिए। नुहाउने क्रममा दिब्याम्स खोलामा डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) दिपेन्द्र बानियाँको नेतृत्वमा खटिएको टोलीले दिब्याम्सलाई खोलामा मृत अवस्थामा फेला पारेको थियो।