पाँचथरको हेवाँखोलामा शुक्रबारर साँझ गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

त्रिशक्ती कन्ट्रक्सनका कर्मचारी बोक्ने बा १७ प ७९९९ नम्बरको फॉर्च्युनर टोयोटा कम्पनी को गाडी शुक्रबार साँझ पौने ६ बजे दुर्घटना भएको हो।

दुर्घटनामा गाडीका चालक नेपालगञ्जका करिब ३५ वर्षीय श्याम विश्वकर्माको घटनास्थलमै मृत्यू भएको छ। दुर्घटनामा इलामका ३१ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन। उनलाई पाँचथर अस्पतालमा प्राथमिक उपचार पश्चात झापा तर्फ पठाइएको छ।

गाडी अनियन्त्रित भई सडकदेखि २५ मिटर तल खसेर उत्तानो परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए।