पहिलो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्समाथि नेपालले ६ रनको जित निकालेको छ।

टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। १४७ रनको लक्ष्य पछ्याएको हुरिकेन्स ८ विकेटको क्षतिमा १४० रनमा समेटिएको हो।

अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गर्दा नेपालले ६ रनको जित निकालेको हो। हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र करण केसीले समान दुईदुई विकेट लिए। कप्तान रोहित पौडेल, अविनास बोहरा, सागर ढकाल र कुशल भुर्तेलले समान एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेल २३, गुल्शनकुमार झा २० र सन्दीप जोरा २१ रनमा आउट हुँदा करण केसी १० रनमा अविजित रहे।

होरिकेन्सँग नेपालले अर्को खेल शनिबार राति खेल्नेछ। विश्वकप अगाडिको अभ्यास खेलका रुपमा नेपालले दुई खेल खेल्न लागेको हो।