ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गत राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए।

३२ वर्षीय यादव सिराहा बरियापट्टि गाउँपालिका–४ घर भई हाल कोटेश्वरमा बस्दै आएका थिए। गत राति करिब ९ः४० बजे ग्वार्को चोकस्थित सडक खण्डमा कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.३ ख ६६२१ नम्बरको टिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

उपचारको लागि बिएण्डबी अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटना गराउने टिपर टिका भैरवमा फेला पारिएको एसएसपी श्रेष्ठले बताएका छन्।