सर्लाहीबाट लागुऔषध पाँच किलो गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठका अनुसार उनलाई बुधबार अपराह्न साढे ४ बजे लालबन्दी बजारस्थित बर्गर हाउस नजिकबाट नियन्त्रणमा लिइएको हो।

चेकजाँच गर्दा गाँजा फेला परेपछि नागेन्द्रलाई पक्राउ गरिएको उनले बताए। उनको साथमा रहेको प्लाष्टिकको बोरामा रहेको ५ किलो गाँजा बरामद भएको डिएसपी श्रेष्ठको भनाइ छ।

उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।