विराटनगरबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर–७ बाट जेठ ८ गते प्रदेश १–०२–०४४ प ७०२९ नम्बरको अपाची मोटरसाइकल र को १८ प ८८६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीले भारत बिहार राज्य निरगञ्ज वडा नम्बर ६ बस्ने २० वर्षीय साजिद रजा र २९ को एहसान सेखलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।