कोशी प्रदेशमा पछिल्ला दशवर्षमा ३३ हजार ३०७ सवारी दुर्घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय रानीको तथ्यांक अनुसार वितग दशवर्षमा उल्लेखित सवारी दुर्घटनामा चार हजार १६३ जनाले ज्यान गुमाएका छन्।
दुर्घटनामा दश हजार ७१८ जना गम्भीर घाईते र २७ हजार ५७५ व्यक्ति घाईते भएका छन्। दुर्घटना हुने सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन्। दशवर्षको अवधीमा भएका दुर्घटनाका घटनामध्ये ५३ प्रतिशत मोटरसाइकल रहेका छन्। यो अवधीमा १७ हजार ६९५ दुर्घटना मोटरसाइकलका भएका हुन्।
यसैगरी जीप कारको दुर्घटना भएको तथ्यांक छ। दशवर्षमा चार हजार २३ वटा दुर्घटना भएका छन्। समग्र दुर्घटना १२ प्रतिशत जीप कारको संख्या रहेको छ। यसैगरी साना सवारी ९ प्रतिशत छन् बस, ट्रक र ट्याक्टर, टेम्पो ६/६ प्रतिशत दुर्घटना भएका छन् भने टिपर १ प्रतिशत दुर्घटना भएका छन्।