काठमाडौँ ललितपुरबाट गुण्डागर्दी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ घर भई हाल ललितपुर बस्ने २६ वर्षीय मिलन तामाङ र तेमाल गाउँपालिका–७ घर भएर भक्तपुर बस्ने २८ वर्षीय विजय लामा छन्।
२०८० फागुन १७ मा उनीहरुले काठमाडौँ–३२ कोटेश्वरस्थित केएलसी क्लव अगाडि राजन बरुवाललाई अङ्गभङ्ग हुनेगरी कुटपिट गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए।
उनीहरु ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मी स्थानबाट पक्राउ परेका हुन्। मिलन पटक–पटक अपराधमा संलग्न रहेको भेटिएको छ। उनीविरुद्ध २०७३ फागुनमा ललितपुर प्रहरीले जुवासम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्ड भेटिएको छ।