खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ कि ४६ वर्षकी जमुना भट्टराईको भक्तपुरमा शौचालय जाने क्रममा लडेर मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा जमुना घरको पहिलो तलाबाट लडेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार लडेर गम्भीर घाइते भएकी जमुनालाई श्रीमान हिरा भट्टराईले काठमाडौं मेडिकल कलेज दुवाकोट लगेका थिए।
अस्पतालमा उपचारका क्रममा उनले शनिबार बिहान साढे ५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।