गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर झापा कमल गाउँपालिका–५ पाडाजुँगी घर भएका १९ वर्षीय समिर श्रेष्ठको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले हिजो दिउँसो ३ बजे समिरको मृत्यु भएको जानकारी दिए। समिर पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ठुलो आमाको घरमा बस्दै आएका थिए। समिर पौडी खेल्ने क्रममा दरौदी नदीमा डुबेका थिए।

नदीमा डुबेर अचेत अवस्थामा फेला पारी स्थानीयको सहयोगमा समिरलाई उद्धार गरी छेपेटार मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँबाट रेफर गरी गोरखा अस्पतालमा पुर्याइएकोमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

आज समिरको पार्थिव शरीरलाई अन्त्येष्टिको लागि झापाको कन्काई माईको मुक्तिघाटमा लगिने आफन्तले बताएका छन्।