राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गर्नुभएको छ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा नेपालले दिनुभएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गर्नुभएको जानकारी दिनुभएको हो।
“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, राष्ट्रपतिज्यूले डा नेपालले आफ्नो पदमा रही पुयाउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।