कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता गरेको हो।
रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन्।
उता कार्कीको सर्वोच्चमा रिट दर्ता हुँदा कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन्। कार्कीलाई सपथ गराउन प्रदेश प्रमुखको कार्यालयले तयारी गरिरहेको छ।
कार्की मुख्यमन्त्रीका प्रमुख न्यायाधिवक्ता एवं कानुन व्यवसायी रुपेश कोइरालाले पौने ३ बजे रिट दर्ता भएको जानकारी दिएका छन्। उनका अनुसार शुक्रबार पेशी तोकिएको छ।