‘बोक्सीको घर’ फिल्ममा समावेश गीत ‘बुझिनँ मैले’ ले एकाएक समीक्षा अधिकारीलाई चर्चामा ल्याएको छ। यो गीतमा समीक्षाले प्रकाश सपुतसँग सहकार्य गरेकी छन्।

रिलिज भएको एक महिनामै यो गीतलाई युट्युबमा एक करोड २२ लाख पटक हेरिएको छ। गीत र फिल्म हिट भएपछि समीक्षाले फेसबुकमार्फत केकी अधिकारीलाई बधाई दिएकी छन्।

उक्त बधाईको स्टाटस यतिबेला चर्चामा आएको छ। केकीलाई बधाई दिएको देखिएपनि निशाना अर्कोतिर साँधेको भनेर यो स्टाटसको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ।

समीक्षा लेख्छिन्, ‘बुझिन मैले बुझाइदेऊ कसैले भन्ने गीत गाइसकेपछि मैले बुझें– सिनेमा चलाउन अभिनय पर्दा बाहिर होइन, चलचित्रभित्र गर्न सक्नुपर्छ। धेरै धेरै बधाई केकी अधिकारी दिदी अनि चलचित्र बोक्सीको घर परिवारलाई।’