विराटनगरका शंकरलाल अग्रवाल २०८० सालको महामुर्ख घोषित भएका छन् ।
होली पर्वलाई तर्राईमा दिपावली पछि प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । यसैक्रममा रीस राग, द्वैष र कटुता अन्त्य गरी आपसी मित्रता, सौहार्दता र भातृत्व कायम गर्न फागु उत्सव कार्यक्रम आयोजना गरिएको हो ।
मारवाडी युवा मंच विराटनगरले होली पर्वको अवसर पारेर आयोजना गर्दै आएको हरिसिंह उषादेवी दुगड फागु उत्सव कार्यक्रममा शंकरलाल अग्रवाललाई महामुर्खको पदवी दिइएको हो। उनलाई तरकारीको माला र टोपी लगाएर सम्मानित गरिएको थियो ।
उद्योगपति किशनलाल दुगड लगायत २०७९ सालका महामुर्ख फूलकुमार लालवानीले नयाँ महामुर्ख घोषित भएका अग्रवाललाई पद हस्तान्तरण गरेका हुन । महामुर्ख घोषित भएका शंकरलाल अग्रवालले संस्कृति र परम्परालाई जोगाउन आफु लागिपर्ने धारणा राखे ।
शंकरलाल अग्रवाल, महामुर्ख, विराटनगर ।
महामुर्ख घोषणा पश्चात हास्य कवि सम्मेलन आयोजना गरिएको थियो । होलि आउन केही दिन वाकीं हुदा देखिनै एक आपसमा भेला भएर होली मनाउन थालिएको छ। होलीको अवसरमा आयोजित सो कार्यक्रममा सहभागिहरुले आपसमा अविर लगाएर आपसी मित्रता र सद्भाव व्यक्त गरेका थिए ।