बेलबारी । स्वतन्त्र बिद्यार्थी युनियन बेलबारी बहुमुखी क्याम्पसले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ। बेलबारी बहुमुखी क्याम्पसका स्ववियु सभापति पुस्कल सुबेदी(सियोम)को अध्यक्षतामा तथा बेलबारी बहुमुखी क्यामपस प्रमुख भुपेन्द्र प्रसाद कोइरालाको प्रमुख अथितीमा उक्त स्थापना दिवस सम्पन्न गरेको छ। स्वतन्त्र बिद्यार्थी युनियन बेलबारी बहुमुखी क्याम्पसले स्थापना दिवसको अवसरमा लैङ्गिक विभेद तथा समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो। बेलबारी बहुमुखी क्याम्पसमा ७५ प्रतिसत छात्रा अध्यायन गरिरहेका छन्।
बर्षभरि भएका बिभिन्न गतिबिधिहरुमा सहभागी भएर उत्कृष्ट कार्य गर्ने स्ववियु कोषाध्यक्ष कपिल बिष्टलाई उत्क्रिस्त पदाधिकारी तथा सदस्य नवराज भुजेललाई उत्क्रिस्त स्ववियु सदस्य को सम्मान गरेको थियो।
कार्यक्रममा बोल्दै स्ववियु सभापति पुस्कल सुबेदी(सियोम)ले स्ववियुकै कार्यकालमा खेलकुद ग्राम ,सुन्दर फुलबारी बगैचा निर्माण जस्ता कार्य गरेको तथा आउने दिनमा बाहिरबाट हेर्दा पनि सुन्दर र आकर्षक देखिने तथा राम्रो शैक्षिक सस्थाको रुपमा बेलबारी बहुमुखी क्याम्पसलाई विकास गर्दै लाने लक्ष्य रहेको बताए।
लैङ्गिक विभेद छोरी मान्छे लाई गर्ब बाटै आमाले नै गरेको देखिन्छ ,छोरी छ भने न राख्ने छोरा छ भने राख्ने ,छोरा मान्छे रोयो भने छि छोरी मान्छे जस्तो क रोएको आमा लाई दोस दिदै छोरी मान्छे रुनु पर्छ भन्ने हाम्रो समाजमा पाईन्छ प्रमुख अथिति भुपेन्द्र प्रसाद कोइरालाले बताए।
अधिकारकर्मी तथा अधिबत्ता शोभा बजगााईले लैङ्गिक विभेद तथा समावेशीकरण सम्बन्धि अभिमुखीकरण सहजीकरण गरेकी थिईन।
स्ववियु सचिब विप्लप पोखरेलले कार्यक्रम संचालन गरेका थिए।