झापाको मेचिनगर नगरपालिका-१३ स्थित चारआली इलाम रोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिशेष सुचनाको आधारमा हिजो साँझ साढे ७ बजे ईलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो झापाबाट खटिएको प्रहरी टोलीले मे ३ प १०२४ नम्बरको मोटरसाईकलमा सवार झापाको बुद्धशान्ती गाँउपालिका-३ का २९ बर्षिय भिम बहादुर मगरको साथबाट ५ ग्राम २० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गर्नुका साथै लागुऔषध ब्राउनसुगर ओसार पसार तथा बिक्रि बितरणमा संलग्न झापाको बुद्धशान्ति गाँउपालिका -२ का २४ बर्षिय रोशन उपरकोटी समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।