प्रतिनिधि सभाको आइतबारको बैठकले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको छ। प्रतिनिधि सभा सदस्य अन्सारीको ६० वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो।

वि.सं. २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन्। शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ।