रुसी सेनामा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले उक्त कुरा जारी गरेको विज्ञप्तिअनुसार मृतक थप ७ जनाको नाम र ठेगाना पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो।
रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयको भनाइ छ। साथै ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले यसअघि रुसी सेनामा भर्ती भएका १४ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो भने यो सँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २२ पुगेको छ।