नेकपा एमालेले ६ जना केन्द्रीय सदस्य थप गर्दा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने र दीपक कार्कीले झापा अध्यक्षका रुपमा छनोट  भएका छन् । प्रदेश अधिवेशनपछि भूमिका विहीन रहेका पाँच प्रदेशका पूर्व अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

शुक्रबार पार्टी कार्यालयमा बसेको एमालेको सचिवालय बैठकले प्रदेशका पाँच पूर्व अध्यक्ष सहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

कोशीका पूर्वअध्यक्ष तुलसी न्यौपाने, बागमतीका केशव पाण्डे, कर्णालीका विनोद शाह, सुदुरपश्चिमका दामोदर भण्डारी र मधेशका रामअवतार यादव केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।बैठकबाट एमाले झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।