शुक्रबार राति करिब ९ः३० बजे बेनापोलबाट ढाका जाँदै गरेको यात्रुवाहक रेलमा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको बंगलादेशको दमकल सेवाले जनाएको छ ।

र्‍यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनले घटनास्थलमा पत्रकारहरूलाई अहिलेसम्म रेलभित्रबाट चारजना शव निकालिएको छ।

यो घटना देशमा आम निर्वाचनको मतदान सुरु हुनुभन्दा करिब ३५ घण्टा अगाडि भएको हो । ढाका महानगरीय प्रहरी अतिरिक्त आयुक्त महेदुद्दीनले आगलागीबाट रेलका तीनवटा डिब्बामा क्षति पुगेको बताउनुभयो ।

मोइनले भने, ‘यो आगजनी सुनियोजित हो भन्ने प्रष्ट छ। यस घटनाको उद्देश्य मानिसलाई डराउने र उनीहरूको सामान्य जीवन बिगार्नु हो। जसले यस्तो गरेको छ, उसलाई कानुनको दायरामा ल्याइनेछ।’ उनले यस घटनाको रेलवे अधिकारी र गुप्तचर निकायले अनुसन्धान गरिरहेको बताउनुभयो ।