व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–८ घर भएका ३५ वर्षीय श्री भगवान साह छन् । उनले व्यापारीलाई ज्यान मार्ने धम्की दिएर ५० लाख रुपैयाँ रकम मागेको आरोप छ ।
उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन)मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।