विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालयमा तोडफोड गरेका छन् । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतिगियोगिता २०८० को बागमती प्रदेशको छनौटमा फर्जी विद्यार्थी पठाएको भन्दै अखिल (क्रान्तिकारी)ले तोडफोड गरेको हो । प्रिन्सिपलको कार्य कक्षमा तोडफोड गरिएको हो ।

बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप प्रतियोगिताका लागि त्रि.वि.का विद्यार्थीको नाम पठाउन भन्दै पत्राचार गरेको थियो । प्रिन्सिपल कार्यालयले कोच, म्यानेजरसहित गरेर २१ जनाको नाम पठाएको थियो । अखिल (क्रान्तिकारी) ले ती फर्जी विद्यार्थीहरूलाई पठाएको आरोप लगाउँदै तोडफोड गरेको हो ।

त्रि.वि.का स्ववियु सभापतिले ७/८ जना बाहिरका आफ्ना मान्छेहरू हालेका थिए । प्रिन्सिपल कार्यालयले विद्यार्थीको आईडी कार्ड रूजु गरेर पठाउनुपर्नेमा त्यस्तो नगरेको देखियो । विश्वविद्यालयकै विद्यार्थीहरूले भाग लिन पाउनुपर्ने भन्दै अनेरास्ववियुले प्रिन्सिपल कार्यालयमा तोडफोड गरेको हो ।