दैनिक राशीफल,Daily Horoscope

आजको राशीफल

२०८० जेठ २८ गते आईतवार 

 Sunday,11 June 2023

ज्योतिषी पं श्री सीताराम तिमल्सेना

श्रीहरि भक्ती फाउन्डेसन नेपाल 

संपर्क 9844639228/9818234776


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । 


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिने छन । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्नेछ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ ।  


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनुपर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । 


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्टान्न र परिकार मिल्नेछ । 


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । तथापि आज मन दोधार बनाउनु हुँदैन, राशिमा चन्द्रमा छ, अतः शीघ्र समाप्त हुने काम गरिहाल्नु असल हुनेछ । 


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पति÷पत्नीका बीचमाको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ ।  


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा बृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्टान्न मिल्ने समय छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्नसक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने सङ्केत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ।