दैनिक राशीफल,Daily Horoscope

आजको राशीफल

२०८० साल बैशाख १६ गते शनिबार 

Saturday,29 April 2023

ज्योतिषी पं श्री सीताराम तिमल्सेना

श्रीहरि भक्ती फाउन्डेसन नेपाल 

9844639228 /9818234776


#मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ )

आजको दिन सामान्य रहने छ आफ्नो बोलिको कारण ले झगडा निम्तिन सक्छ संयम रहनु होला । भोग विलासिताका साथमा समय ब्यतित हुनेछ 


#वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)

मान संम्मान वृद्धि हुनुका संगै हरेक क्षेत्रमा सफलता मिल्नेछ लामो समय देखि प्रतिक्षित कार्य संपन्न हुनेछ । धनसम्पती पर्याप्त कमाउन सक्नु हुनेछ ।


#मिथुन राशी - (का, की, कु, घ, ङ, छ, के, को, हा)

 आजको समय राम्रो रहेको छ मनमा सन्तोष छाउने छ ।हर्ष वृद्धि हुनेछ अकल्पनीय धनागमनले मन प्रसन्न रहन्छ ।


#कर्कट राशी - (ही, हु, हे, हो, डा, डी,डू, डे, डो)

 आज सोचे अनुसार कार्य सिद्धि हुनेछ । आफन्तजनसंग भेटघाट संगै विभिन्न भोज मा सामेल भइने छ ।शुभ खबर सुन्न पाउनु हुनेछ ।


#सिंह राशी - (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

आज खर्छ वृद्धिको योग रहेको छ आर्थिक स्थिती कमजोर रहे पनि धैर्यधारण ले आत्मबल बढी अघि बढ्न सकिनेछ ।कमाई भन्दा खर्च धेरै हुनेछ ।


#कन्या राशी - (टो, पा, पी, पू, ष,ण, ठ, पे, पो)

आचानक धनागमनले हौसला प्राप्त हुनेछ मिष्टान्न भोजन, नवीन पहिरनले ब्यत्तित्वमा निखारता आउनेछ । आज सफलता तपाईंको हातमा छ ।


#तुला राशी - (रा, री, रू, रे, रो, ता, ती, तू, ते)

 कार्य क्षेत्र मा सफलता मिल्ने छ पिताको आशीर्वाद ले अघि बढ्न मद्दत पुग्ने छ दान पुन्यका कार्यामा समय बित्नेछ । आज तपाईंको भाग्योदय हुनेछ ।


#वृश्चिक राशी-( तो, ना, नी, नू, ने,नो, या, यी, यू)

 आज भाग्यले विभिन्न अवसर जुराउने छ । धार्मिक क्षेत्रमा सरिक भएर आफुमा बौद्धिक बिकास हुनेछ । भाग्य वृद्धि संगै भविस्यको योजना बन्ने छ 


#धनु राशी - (ये, यो, भा, भी, भू,धा, फा, ढा,भे)

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भने भेटिनेछन्।


#मकर राशी - (भो, जा, जी, जु, जे, जो, खा, खी,खू, खे, खो, गा, गी)

 बिपरित वर्ग बाट विशेष सहयोग मिल्ने छ छोटो दुरिको लाभदायक यात्रा हुनेछ । प्रणय प्रसंगका लागि अत्यन्तै उत्कृष्ट दिन रहेको छ आज तपाईंलाई ।


#कुम्भ राशी- (गू, गे, गो, सा, सी,सू, से, सो, दा)

आज सत्रु भय रहला संयम रहनु होला आफ्नो अधिकार खोसिएको महसुस गर्नुहुनेछ । आर्थिक रुपमा भने  धेरै सुधार आउने छ ।


#मीन राशी- (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

 पुत्र सुख तथा संतान बाट आनन्द को खबर सुनिने छ विद्यार्थीको लागि उत्तीर्णको समय छ । ज्ञान वृद्धिको हुन्छ गुरुजन संग भेट हुनेछ ।