दैनिक राशीफल,daily horoscope२०७९ आश्विन १० गते सोमबारmonday, 26 september 2022 ज्योतिषी पं श्री सीताराम तिमल्सेना श्रीहरि भक्ती फाउन्डेसन नेपाल संपर्क 9844639228/9818234776


मेष– आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् । जिम्मेवारी बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ ।

वृष–मेहनतले आम्दानी बढाउन सकिनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजको कामबाट मनग्य धनलाभ हुन सक्छ ।

मिथुन– प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा हुनेछ ।

कर्कट– दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने सम।

सिंह– पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ ।

कन्या– व्यापारमा फाइदा हुनेछ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ । तर साँझदेखि परिस्थिति अलि प्रतिकूल बन्ने देखिन्छ ।


तुला–खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ ।

वृश्चिक– बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला।

धनु– कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।


मकर– बेसुरमा वचन दिने बानीले दुस्ख पाइनेछ । काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । व्यवसायमा समस्या देखापर्न सक्छ ।

कुम्भ– आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।

मीन– अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।