दैनिक राशीफल daily horoscope

२०७९ साल भाद्र २४ गते शुक्रबार 09 september  2022

ज्योतिषी पं श्री सीताराम तिमल्सेना

श्रीहरि भक्ती फाउन्डेसन नेपाल 

संपर्क 9844639228/9818234776


मेष– गलत विचार बढने  विबाद बढने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुने दिन छ ।


वृष–   प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ । 


मिथुन– ।घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन, साथै अर्थको पनि हानी हुने दिन छ । 


कर्कट–नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । 


सिंह–आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सोचेभन्दा राम्रो लाभ हुनेछ ।


कन्या– आफन्तको सहयोग  नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला ।


तुला– अधुरा काम हरु बन्ने अरुको विस्वास आफुतिर रहने आफन्त हरुको उचित सहयोग मिलने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्ति बाट हुनेछ ।


वृश्चिक– व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ ।  अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ ।


धनु–  अधुराकाम बन्ने छन् त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।


मकर– चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।


कुम्भ– आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । 


मीन– बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।