दैनिक राशीफल daily horoscope
२०७९ साल भाद्र १६ गते बिहीवार 01 september 2022
ज्योतिषी पं श्री सीताराम तिमल्सेना
श्रीहरि भक्ती फाउन्डेसन
संपर्क ९८४४६३९२२८/९८१८२३४७७६
#मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ )
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।
#वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ।
#मिथुन राशी - (का, की, कु, घ, ङ, छ, के, को, हा)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्।
#कर्कट राशी - (ही, हु, हे, हो, डा, डी,डू, डे, डो)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला।
#सिंह राशी - (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
पहिलेको सफलताले नयाँ कामतर्फ अग्रसर भइनेछ। सोचेजस्तै सफलता पनि मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
#कन्या राशी - (टो, पा, पी, पू, ष,ण, ठ, पे, पो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। तर आत्मविश्वासको कमीले काममा पछि परिनेछ। अरूको भरपर्दा काम पूरा नहुन सक्छ।
#तुला राशी - (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
#वृश्चिक राशी-( तो, ना, नी, नू, ने,नो, या, यी, यू)
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्।
#धनु राशी - (ये, यो, भा, भी, भू,धा, फा, ढा,भे)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।
#मकर राशी - (भो, जा, जी, जु, जे, जो, खा, खी,खू, खे, खो, गा, गी)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
#कुम्भ राशी- (गू, गे, गो, सा, सी,सू, से, सो, दा)
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
#मीन राशी- (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ।