बेलबारी । बेलबारी नगरप्याब्सनले आयोजना गरेको नगरस्तरीय लोकनृत्य केन्द्र प्रतियोगिताको  लागि छनोट प्रतियोगिता आज बेलबारी नगरपालिका  ११ मा रहेको लक्ष्मी खेलमैदान सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गर्नु भएको  थियो  ।

नगरभित्रका २२ विद्यालयको  प्रतियोगितामा सहभागिता जनाएको थियो ।                                            

जुनियर र सिनियर  दुइ विभाजनमा सम्पन्न भएको थियो  ।  जुनियर  ८ र सिनियर १० सहित १८ टिमले सहभागिता जनाएको थियो।             प्रतियोगितामा जुनियरतर्फ प्रथम इष्टनभ्यु इङ्लिस स्कुल , दोश्रो शिक्षा सन्देश इङ्लिस स्कुल  र तेश्रो आदर्श इङ्लिस स्कुल ले हात परे भने   सिनियरतर्फ प्रथम माउण्ट एभरेष्ट इङ्लिस स्कुल ,दोश्रो शिक्षा सन्देश इङ्लिस स्कुल  र तेश्रो बालजगत इङ्लिस स्कुलले हात परे  ।

कार्यक्रममा प्रमुख अतिथि दिलप्रसाद राईले आयोकलाई धन्यबाद दिदै नेपाल विविध जातजाती मिलेर बनेको  , लोकनृत्यको त्यसैको झलक दिने बताउनु भएको थियो   ।         

               pabson 1         

बालबालिकालाई गरेर खानसक्ने बनाउनु पर्नेमा जोड दिदै  बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र प्रसाद कोइरालाले  बताउनु भयो ।  कार्यक्रमको औचित्यमाथि प्याब्सन अध्यक्ष भगवतीप्रसाद घिमिरेले प्रष्ट पार्दै ओझेलमा पर्न लागेको लोकनृत्यलाई प्रतियोगिताको माध्यमबाट जगेर्ना गर्ने काम गरेको बताए ।

कार्यक्रममा प्याब्सन प्रदेश नं १ का उपाध्यक्ष अर्जुन बस्नेत, मोरङ जिल्ला अध्यक्ष शितला सुब्बा, खेलकुद महासँग केन्द्रीय सचिवालय सदस्य सुजय गौतम, शिक्षक महासङ्घ बेलबारीका अध्यक्ष गोविन्द भण्डारी, बेलबारी नगरपालिका वडा नं ३ का अध्यक्ष योगेन्द्र सुवेदी, नेकपा माओवादी केन्द्र बेलबारी नगर अध्यक्ष पर्शुराम सुवेदी लगायतकाले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।                                      

कार्यक्रममा नगर जिल्ला प्रदेशस्तरीय छनोट हुँदै २४ गते फाइनल प्रतियोगिता हुनेछ । कार्यक्रममा बेतना पुस्तक पसलका संचालक बाबुराम चौधरीलाई सम्मान गरिएको थियो ।

कोरोना कारण विगतका दुई प्रतियोगिता संचालन हुन सकेको थिएन ।