प्रधानसेनापति अशोकराज सिग्देलले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन्।
नेपाली सेनालगायत सम्बद्ध निकायहरूद्वारा संयुक्त रूपमा सञ्चालित खोज तथा उद्धार कार्यको उनले स्थलगत अवलोकन गरेका हुन्। उनले विद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको अवलोकन गरेको नेपाली सेनाले जनाएको छ।
“टनेल लगायतका क्षेत्रहरूको अवलोकन गरी सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै नेपाली सेनाका सकलदर्जालाई उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ,” नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।












