इलाका प्रहरी कार्यालय कटारी उदयपुरले १ हजार १ सय २२ किलो लागूऔषध गाँजा र बोलेरोसहित ३ जनालाई पक्राउ गरेको छ।
भदौ १५ गते बिहान कटारी नगरपालिका-६ बाँकेटार शान्तीवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वन भित्र खोजतलास गर्ने क्रममा बा. १६ च ५२६९ नम्बरको बोलेरो र जंगलको बिभिन्न स्थानहरुमा ५२ वटा प्लास्टिको बोरामा लुकाई राखेको अवस्थामा १ हजार १ सय २२ किलो ग्राम गाँजा बरामद गरेको हो।
गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न ताप्ली गाँउपालिका-१ का ५५ वर्षीय राम बहादुर मगर, २१ वर्षीय नेक बहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई समेत नियन्त्रणमा लिएको हो।
गाँजासहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाही भइरहेको छ।












