रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिएका छन्।
तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका असई पौडेलको शव चितवनमा भेटिएको हो। नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनमा डीएसपी चन्द्रभुषण यादवले बताए। जिल्ला अस्पताल चितवनमा पोस्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्।
चितवनमा फेला परेको अर्को एउटा शवको पनि सनाखत भएको छ। बाँकेको कोहलपुर घर भएका २३ वर्षीय कविलाल चौधरीको पहिचान खुलेको हो। कोहलपुर नगरपालिका–११ घर भएका चौधरीको शव पनि परिवारलाई जिम्मा लगाइएको डीएसपी यादवले जानकारी दिए।












