राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा उत्पन्न प्राकृतिक विपद्पछिको राहत, उद्धार र पुनर्स्थापनाका लागि सर्वदलीय समिति बनाउन प्रस्ताव गरेका छन्।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा जारी सर्वदलीय बैठकमा सभापति लामिछानेले सबै दलको साझा संयन्त्रमार्फत अघि बढ्दा प्रभावकारी हुने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौँ । जसले सरकारलाई निर्णय गर्न सहज होस्।’

लामिछानेले विपद्को समयमा सरकारी कोषलाई एकद्वार प्रणाली मानेर सबै दलले सहयोग गर्नुपर्नेमा बताएका छन् । सरकारको राहत र उद्धार कोषलाई केन्द्रमा राखेर सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।