नेपालमा १ हजार २५० मेट्रिक टन डिएपि मल आज आइपुग्ने भएको छ।
ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपि मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ।
बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ)को काम भइरहेको छ। प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक बिरगन्ज चलान भएको छ। बाकि क्रमशः नेपाल भित्रिने छ।
त्यस्तै, ३० हजार मे टन युरिया मल समेत कलकत्तामा आइपुगेको र हाल अनलोडिङ र ब्यागिङ भइरहेको हुँदा भोलि एक रेक वीरगन्जका लागि लोडिङ गर्ने तयारी भईरहेको कृषि सामग्री कम्पनीबाट जानकारी प्राप्त भएको छ।




















