खोटाङमा खहरे खोलाभमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेका छन्। भारी वर्षापछि शनिबार साँझ आएको बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको हो।
आफन्तको घरमा गएकी शान्ता फर्किन ढिला भएपछि खोज्ने क्रममा खोलामा मृत फेला परेका हुन्। यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
खोजतलास गर्ने क्रममा परियारको शव करिब सय मिटर तल फेला परेको थियो । दुवै शवको पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।




















