अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुन लागेको फिफा विश्वकप २०२६ मा सहभागिता जनाउन जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले रोकेको छ।

मंगलबार बिहान त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको जानमा रोक लगाएको हो।

राहदानी ‘वाच लिस्ट’मा रहेकाले उनीहरूलाई फर्काइएको बताइएको छ।