डेल्टामा एक दिवसीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

बेलबारी–४ स्थित डेल्टा इङ्लिस स्कुलले एक दिवसीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  पर्वत राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक, स्पायर कलेज विराटनगरका क्याम्पस प्रमुख, सार्वजनिक वक्ता चिन्तामणि बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । प्रमुख अतिथि बस्नेतले अभिभावक, शिक्षक र विद्यालयबीचको सशक्त सहकार्यले मात्र बालबालिकाको गुणस्तरीय शिक्षा, सकारात्मक व्यवहार र उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिने धारणा व्यक्त गगरे ।उनले  बालबालिकाको सिकाइ यात्रामा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले घरमै सिकाइमैत्री वातावरण निर्माण गर्न आग्रह गरे ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, कला, प्रतिभा तथा सिर्जनात्मक क्षमताको आकर्षक प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र क्षमता प्रदर्शनले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।DSC00118

यस अवसरमा विद्यालयका प्रिन्सिपल  ललित राईले विद्यालयमा हाल सञ्चालन भइरहेका भौतिक पूर्वाधार विकासका कार्यहरू, शैक्षिक व्यवस्थापनमा गरिएका सुधार तथा विद्यालयको आगामी कार्यदिशाबारे अभिभावकहरूलाई विस्तृत जानकारी गराए । उनले  गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको अभियानलाई थप प्रभावकारी बनाउन अभिभावकहरूको रचनात्मक सुझाव, सकारात्मक साथ र निरन्तर सहयोग आवश्यक रहेको बताए । साथै विद्यालयका हरेक कार्यक्रम तथा गतिविधिमा सक्रिय सहभागिता जनाई बालबालिकाको समग्र विकासमा सहकार्य गर्न अभिभावकहरूलाई अनुरोध गरे ।DSC00094

कार्यक्रममा अभिभावकहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो। सहभागी अभिभावकहरूले यस्ता कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ मजबुत बनाउने तथा बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक र सहभागितामूलक बनाउन अभिभावकहरूका लागि विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिएको थियो। खेलकुद कार्यक्रमले सहभागीहरूबीच आपसी सद्भाव, आत्मीयता र उत्साह अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।DSC00120

समापन समारोहमा बिद्यालयका अध्यक्ष  पर्वत खालिङ्ग राईले विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावक, शिक्षक र विद्यालयबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। अध्यक्ष राइले  कार्यक्रमको सफलताका लागि सहयोग पुर्‍याउने सम्पूर्ण अभिभावक, अतिथि, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।