विपक्षी दलहरूले संसद्मा सरकारले विपक्षीको आवाज दबाउन खोजेको निष्कर्ष निकालेका छन्।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतकहरूको छलफलले यस्तो निष्कर्ष निकालेको हो।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा कांग्रेसकी बास्ना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी खुस्बु ओली सहभागी थिए।
बैठकले प्रधानमन्त्रीद्वारा संसद्को उपेक्षा गरिएको, गैरसंवैधानिक गतिविधि बढेको, विपक्षी दलको आवाज दबाउने प्रयास भएको तथा सभामुखको भूमिकामाथि प्रश्न उठाएको छ।
विपक्षी दलहरूको बैठकले संविधान कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि संसद्भित्र आपसी सहकार्य र छलफललाई निरन्तरता निष्कर्ष निकालेका नेता महरले जानकारी दिए।




















