मोरङ जिल्लाको सुन्दरहरैँचामा सिसिटिभी (CCTV) तथा आधुनिक सुरक्षा प्रविधिसम्बन्धी 'Knowledge Sharing Program' सफलतापूर्वक सम्पन्न भएको छ। नेपालभर सुरक्षा प्रविधि विस्तार गर्दै आएको टैन्डी टेक्नोलोजीको नेपाल शाखाले आयोजना गरेको उक्त कार्यक्रम सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा टैन्डी टेक्नोलोजीका प्रतिनिधिहरूले नेपालभर सिसिटिभी प्रणाली विस्तार भइरहेको उल्लेख गर्दै सुरक्षा प्रविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताएका छन्। उल्लेखनीय रूपमा चीनबाट आएको प्राविधिक टोलीको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा क्वालिटी आईटी सोलुसनका म्यानेजिङ डाइरेक्टर मोहन फुयाल सहित प्राविधिक क्षेत्रका विज्ञहरू, व्यवसायी, नेपाल प्रहरीका अधिकारी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्वालिटी आईटी सोलुसनका म्यानेजिङ डाइरेक्टर मोहन फुयाल सहित प्राविधिक क्षेत्रका विज्ञहरू, व्यवसायी, नेपाल प्रहरीका अधिकारी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई घर, कार्यालय, सडक, विश्वविद्यालय र जलविद्युत् आयोजना (हाइड्रो) लगायत विभिन्न क्षेत्रमा प्रयोग हुने आधुनिक क्यामेरा तथा सुरक्षा प्रणालीबारे विस्तृत प्रस्तुति दिइयो। आधुनिक सिसिटिभी प्रणाली र सुरक्षा व्यवस्थापनका नयाँ प्रविधिबारे व्यावहारिक जानकारी समेत प्रदान गरियो।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य प्राविधिक साथीहरू, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रयोगकर्तालाई सुरक्षा प्रविधिबारे जानकारी गराउँदै सेवा तथा सुविधामा पहुँच बढाउनु हो। जिल्लादेखि जिल्लासम्म सुरक्षा सचेतना विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको पनि कार्यक्रममा जानकारी दिइयो।
कार्यक्रममा सहभागी व्यक्तिहरूले सुरक्षा प्रविधिको व्यापक प्रयोगले दुर्घटना तथा आपराधिक गतिविधि नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।




















