नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्।

आफ्नो निजी सचिवालयमा भेट्न आएका पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूको समूहसँग छलफल विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए।

उनले भने, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुङ्ग्याउनु पर्नेछ। यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुन्छ। त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन्। यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ।’

सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए।

उनले फरक प्रसंगमा काँग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए। गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई चार सिट बढी आउँला तर समानुपातिक मत घट्ने र काँग्रेसलाई दीर्घकालीन हानी हुने बताएका छन्।

आगामी निर्वाचनमा नेपाली काँग्रेसले एक्लै चुनावमा जानु पर्ने कुरामा आफू स्पष्ट भएको बताएका छन्।