विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सी सार्वजनिक भएपछि टिमलाई सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ।
यसपटक सार्वजनिक गरिएको जर्सीमा सप्तकोशी, सगरमाथा र कोशी प्रदेशको गौरव झल्काइएको छ। यसपटक सार्वजनिक गरिएको जर्सीमा सप्तकोशी, सगरमाथा र कोशी प्रदेशको गौरव झल्काइएको छ। विराटनगर किंग्सले आफ्नो पहिचान र प्रदेशको सम्मानलाई डिजाइनमार्फत प्रस्तुत गरेको बताएको छ। टिमका अनुसार जर्सीको रंग र डिजाइनले विराटनगरको ऊर्जा, कोशीको प्रवाह, र हिमालको साहसलाई प्रतीकात्मक रूपमा दर्शाउँछ।
एनपीएलको दोस्रो सिजनमा विराटनगर किंग्स सबैभन्दा चर्चामा रहेको टिममध्ये एक हो। टिमले यसपटक ठूला अन्तर्राष्ट्रिय खेलाडीहरू अनुबन्धन गरेर ध्यान खिच्न सफल भएको छ। दक्षिण अफ्रिकाका पूर्व कप्तान फ्याब डु प्लेलिस् र न्यूजिल्याण्डका स्टार ब्याट्सम्यान मार्टिन गप्तिल टिममा समावेश भएपछि विराटनगर किंग्सलाई बलियो दाबेदारका रूपमा हेरिएको छ।




















