हङकङ सुपर सिक्सेसको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ।
अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराले १४ बलमा अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो।
अफगानिस्तानका लागि करिम जनातले सर्वाधिक ३५ रन बनाए। बलिङमा नेपालका रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। लोकेश बमले एक विकेट लिए।