झापाको झापा गाउँपालिका–३ झाँसीमा खोलामा डुबेको अवस्थामा बालिका आज बिहान मृत फेला परेकी छिन्।
प्रहरीका अनुसार मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया दर्जी आइतबार दिउँसो करिब २ बजेदेखि हराएकी थिइन्। खोजी गर्ने क्रममा सोमबार बिहान घरनजिकैको सानो माई खोलामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको झापा प्रहरीले जनाएको छ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।