राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन्।
सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन्।